दोलखाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुपाल्चोकमा दुर्घटना
काठमाडाैं | भदौ १७, २०८०
सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
आज बिहान साढे ३ बजे दोलखाबाट काठमाडौं आउँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपिओ गाडी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- ७ पाँचकिलोस्थित जिरी(लामोसाँघु सडक खण्डमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार गाडी अनियन्त्रित भई घुम्ती सडकबाट अन्दाजी तीन यस मिटर तल सडकमा खसेको थियो।
दुर्घटनामा परी चालक काठमाडौंको नागार्जुन नगरपालिका(४ का ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७ घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि खाडीचौरको सिन्धु सदाबहार अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुरघटनामा अन्य ४ जना घाइते भएका छन्।
रामेछापको उमाकुण्ड गाउँपालिका- २ का ३७ वर्षीया संगिता बराइली, उनकी ८ बर्षीया छोरी युशा बराइली, रामेछापकै गोकुलगंगा गाउँपालिका-१ का ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका-७ का १४ वर्षीय प्रमोद महर्जन घाइते भएका छन्।
उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इन्सपेक्टर यादवले जानकारी दिए।
दुर्घटनाग्रस्त गाडी सडकमै रहेकाले सवारीसाधन एकतर्फी सञ्चालनमा छ। गाडी हटाएर सडकलाई दुइतर्फी सञ्चालनमा ल्याइने इन्सपेक्टर यादवले जानकारी दिए।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

